गोर्खाज फाइनान्सको खुद नाफा घट्नुमा यस्तो देखियो कारण

22 Jan,2018
  • Gurkhas-finance-Ltd_10_1_22_2018_12_29_36.jpg
नेपाली पैसा
 
काठमाडौं : गोर्खाज फाइनान्सको नाफामा मन्दी आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  फाइनान्सको खुद नाफा ७९% ले घटेर २ करोड २४ लाख ७० हजार रुपैयाँमा सीमित भएको हो । गत वर्ष यही अवधिमा गोर्खाजको खुद नाफा १० करोड ७० लाख २३ हजार रुपैयाँ थियो । फाइनान्सको खुद ब्याज आम्दानीमा गिरावट आएपछि खुद नाफा पनि घटेको हो । यो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी २४.९८% ले घटेर ९ करोड ८७ लाख १ हजार रुपैयाँमा सीमित भएको छ । यता, गत वर्ष ४ करोड १ लाख १७ हजार रुपैयाँ सञ्चालन घाटामा गएको गोर्खाजले यसपालि भने २ करोड ३ लाख ८२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । फाइनान्सले ३ करोड ९ लाख ३२ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ । गोर्खाजले ४ अर्ब ५२ करोड ९ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८४ लाख १४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो फाइनान्सको खराब कर्जा ३.५८% र कस्ट अफ फन्ड ८.८८% छ । गत वर्ष खराब कर्जा २.११% र कस्ट अफ फन्ड ७.२०% छ । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ३४ करोड ३४ लाख ८४ हजार रुपैयाँ छ । गोर्खाजको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५७ पैसा छ ।
 
 
 
 

Post Your Comment