Market Closed

गोर्खाज फाइनान्सले नेपालगन्जमा पनि खोल्यो शाखा, अत्याधुनिक सेवा विस्तार अभियान

01 Apr,2018
  • gufl_4_1_2018_2_06_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : गोर्खाज फाइनान्सले नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझीमा २१ औँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, गोर्खाज फाइनान्सका सञ्चालक समिति अध्यक्ष प्रेमबहादुर खापुङ र नेपालगन्ज उपमहानगरपालिकाका वरिष्ठ समाजसेवी अमृत कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गरे । 
 
यो संगै गोर्खाज फाइनान्सको शाखा संख्या २१ वटा पुगेको छ । ६ वटा एटीएम, इएमभी चिपयुक्त डेबिट कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ, सी–आस्वा, एबीबीएस, आइपीएस, रेमिटेन्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु यस फाइनान्सले उपलब्ध गराउँदै आएको छ । 
 
गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  २ करोड २४ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गोर्खाजको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ३४ करोड ३४ लाख ८४ हजार रुपैयाँ पुगिसकेको छ ।  प्रतिसेयर आम्दानी ५ रुपैयाँ १८ पैसा रहेको यस फाइनान्सको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५७ पैसा छ ।
  
 
 
 

Post Your Comment