Market Closed

गोर्खाज फाइनान्सको सीइओ भए लाल बहादुर थिङ, आजैबाट जिम्मेवारी सुरु

15 Jun,2018
  • Gurkhas-finance-Ltd_6_15_2018_12_44_59.jpg
नेपाली पैसा
 
काठमाडौं : गोर्खाज फाइनान्सले लाल बहादुर थिङलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । फाइनान्सको बिहीबार बसेको सञ्चालक सतिति बैंठकले थिङलाई आगामी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो । थिङले शुक्रबारदेखि नै सीइओको जिम्मेवारी सम्हालेका छन् ।
 
थिङलाई अब गोर्खाजको वित्तीय अवस्था सुधार गर्ने चुनौती रहने छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गोर्खाजको खुद नाफा ९५% ले घटेर ५१ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा पनि ३.५६% बाट बढर ४.७६% पुगेको छ ।

Post Your Comment