Market Closed

हाम्रोले विकास बैंकले पनि दिने भयो २५ प्रतिशत बोनस सेयर

07 Sep,2016
  • hamro_bikas_resize_9_7_2016_12_38_08.jpg
नेपाली पैसा 
काठमाडौं : हाम्रो विकास बैंकले २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । 
 
बैंक सञ्चालक समितिको मंगलबारको बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । 
 
राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि योजना कार्यान्वयन गर्न पनि नगद नदिई बोनसमात्र दिने निर्णयमा सञ्चालक समिति पुगेको हो । 
 
लगानीकर्ताले २५ प्रतिशत बोनस सेयर पाउन नियामक नेपाल राष्ट्र बैंकको अनुमति र साधारण सभाको अनुमोदन आवश्यक हुन्छ ।