Market Closed

हाम्रो विकास बैंकको दुई सय प्रतिशत हकप्रद सेयर, पुस ८ देखि २९ गतेसम्म बुक क्लोज

14 Dec,2016
  • hamro_12_14_2016_11_15_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : हाम्रो विकास बैंकले २०० प्रतिशत हकप्रद सेयर ल्याउने भएको छ । 
 
चुक्ता पुँजी बढाउन बैंकले भारीमात्रामा हकप्रद सेयर घोषणा गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले राष्ट्र बैंकले तोकेको अुनपातमा चुक्ता पुँजी पुर्याउन एक बराबर दुई कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । 
 
यो प्रस्ताव कार्यान्वयनमा आउन नियामक निकाय तथा साधारण सभाले भने अनुमोदन गर्नुपर्छ । हकप्रद सेयर जारी गर्नका लागि बैंकले पुस ८ देखि २९ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टमा देखाइए अनुसार हाम्रो विकास बैंकको चुक्ता पुँजी १२ करोड २३ लाख ३३ हजार रूपैयाँ छ । बैंकको रिजर्भ कोषमा पनि पाँच करोड ९० लाख ३७ हजार रूपैयाँ छ । 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक करोड १० लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३६ रूपैयाँ २२ पैसा अनि प्रतिसेयर नेटवर्थ १४७ रूपैयाँ ५३ पैसा छ । 
 

Post Your Comment