Market Closed

हिमालयनको पुस २२ मा एजीएम, ३० प्रतिशत बोनस सेयर पुस ६ देखि २२ गतेसम्म बुक क्लोज

16 Dec,2016
  • himalayan-bank_pic_(1)_12_16_2016_1_40_20.jpg
नेपाली पैसा
 
काठमाडौं :  हिमालयन बैंकको २४ औं वार्षिक साधारण सभा पुस २२ गते हुने भएको छ । 
 
हिमालयनले यसपटक साधारण सभामा ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बोनस सेयर वितरणमा बैंकले एक अर्ब ३४ करोड ९७ लाख ४३ हजार पाँच सय रुपैयाँ खर्च गर्नेछ । 
 
त्यस्तै, बैंकले बोनसमा लाग्ने कर तिर्न बैंकले १.५७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । यसका लागि बैंकले सात करोड १० लाख ३९ हजार एक सय ३२ रुपैयाँ छुट्याएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११.३० बजे साधारण सभा सुरु हुनेछ । 
 
हिमालयनले चुक्ता पुँजी बढाउन यसअघि कात्तिक २६ गते देखी मंसिर ३० गते सम्म ७ः१ को अनुपातमा प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर पपन बिक्री खुला गरिसकेको छ ।  
 
साधारण सभा प्रयोजनका लागि हिमालयनले पुस ६ गतेदेखि पुस २२ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । चार अर्ब ९६ करोड ४३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयनले  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ८४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा रहेको हिमालयनको प्रतिसेयर नेटवर्थ भने दुई सय १७ रुपैयाँ ३३ पैसा छ ।
 

Post Your Comment