Market Closed

हिमालयनको नाफा २ अर्बभन्दा बढी, प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५२ पैसा

10 May,2019
  • Himalayan-bank-Ltd__4_24_2018_11_26_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब १ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यही अवधिमा भन्दा खुद नाफा १०.२३% ले वृद्धि गरेको हो । गत वर्ष खुद नाफा १ अर्ब ८२ करोड ७० लाख २७ हजार रहेको थियो । यसको वितरण योग्य नाफा १ अर्ब ३३ करोड ४८ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
 
 हिमालयनले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार गरेको छ । खुद ब्याज आम्दानी १७.१८% ले बढाएर ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफामा ३२.४९% ले वृद्धि गरी २ अर्ब ८६ करोड ५४ लाख ७५ हजार पुर्याएको छ ।

गत वर्ष ९८ अर्ब ९८ करोड ८७ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेको हिमालयनले यो त्रैमासमा बढाएर १ खर्ब ८ अर्ब ५८ करोड २१ लाख ७ हजार रुपैयाँ पुर्याएको छ ।  यस्तै, कर्जा लगानी पनि ८२ अर्ब ४७ करोड ४९ लाख ९३ हजार रुपैयाँबाट बढाएर ९३ अर्ब ७७ करोड ५३ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । यसको बेस रेट ९.१०% र खराब कर्जा अनुपात १.३१% छ । गत वर्ष खराब कर्जा १.१९% रहेको थियो । 
 
 हिमालयनको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ छ । रिजर्भ कोष १४.७४% बढाएर ५ अर्ब १९ करोड ९ लाख ६० हजार रुपैयाँ पुर्याएको छ । यस बैकको रिटेन्ड् अर्निङ १ अर्व ५५ करोड ४७ लाख ८० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा १ रुपैयाँ ५ पैसाले बढेर ३१ रुपैयाँ ५२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १७ पैसा छ ।

Post Your Comment