Market Closed

हिमालयन बैंकको सीइओमा अशोक राणाकै निरन्तरता

26 Mar,2020
  • hbl_3_26_2020_1_50_56.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अशोक राणाले नै पुनः निरन्तरता पाएका छन् । उनलाई सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेको हो । अहिले पनि उनी हिमालयन बैंकमै सीइओ छन् । 
 
उनको नयाँ कार्यकाल वैशाख १ गतेबाट गणना हुने छ । बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सीडीसी) लाई भित्र्याउनका लागि राणाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनको म्याद थपिएको बैंक सञ्चालक समितिको भनाई छ । उनी २३ वर्षदेखि बैंकिङ क्षेत्रमा आवद्ध छन् । 
 
 
 
 

Post Your Comment