Market Closed

हिमालयन जनरल इन्सुरेन्सले डाक्यो विशेष साधारण सभा, १ः२.२ अनुपातमा हकप्रद

24 Aug,2016
  • himalayan_general_insurance_resize_8_24_2016_1_02_43.jpg
नेपाली पैसा
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले १ः२.२ अनुपातमा हकप्रद सेयर दिने भएको छ ।

हकप्रद प्रस्ताव पारित गर्न हिमालयनले आगामी असोज ७ मा विशेष साधारण सभा डाकेको छ । साधारण सभाले सञ्चालक समितिको पारित गरेपछि हकप्रद जारी प्रक्रिया अघि बढ्नेछ ।

हकप्रदको प्रस्ताव पारित गर्न विशेष साधारण सभा हुन लागेको जानकारी कम्पनीले बुधबार नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

चुक्ता पुँजी बढाउन हिमालयनले आकर्षक हकप्रद प्रस्ताव गरेको हो । हाल यो इन्सुरेन्सको चुक्ता पुँजी ३२ करोड १० लाख रूपैयाँ रहेको छ ।

हिमालयनको जगेडा कोषमा १२ करोड ७४ लाख १२ हजार रूपैयाँ छ भने बिमा कोषको आकार २५ करोड ७३ लाख ९४ हजार रूपैयाँको छ ।

हिमालयन जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७२–७३ मा १२ करोड ७९ लाख पाँच हजार रूपैयाँ खुद नाफा गरेको थियो ।

Post Your Comment