Market Closed

हिमालयन जनरलले दिने भयो १५% नगद लाभांश, हकप्रदले नपाउने

22 Nov,2017
  • himalayan-general-insurance-company-ltd_11_22_2017_11_10_41.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले १५% नगद लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीहरुलाई ५ करोड ७७ लाख ८० हजार रुपैयाँ (१५%) नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रकृया अघि बढ्नेछ । हिमालयनले बिमा समितिले तोके अनुसार चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याइसकेको छ । तर कम्पनीले १६६.६७% हकप्रद सेयर बिक्री गर्नु भन्दा अघि कायम ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजीको १५% नगद लाभांश दिन लागेको हो । इन्सुरेन्सले असार २८ देखि भदौ ९ गतेसम्म १६६.६७% हकप्रद बिक्री गरेको थियो । हकप्रदपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ बनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड २३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३७ पैसा छ ।

Post Your Comment