Market Closed

हिमालयनको लिलामी सेयर नपर्नेलाई सोमबारदेखि पैसा फिर्ता, खातामा नगए के गर्ने ?

01 Dec,2017
  • Refund_12_1_2017_4_03_29.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले मंसिर १८ (सोमबार) गतेदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिने भएको छ । यसअघि कम्पनीले शुक्रबार (मंसिर १५ गते) बाट फिर्ता दिने बताए पनि यस दिन सार्वजनिक बिदा परेकोले सोमबारदेखि मात्र फिर्ता गरिने भएको हो । हिमालयनले लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक खातामा रकम फिर्ता गर्ने जनाएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइनेछ । यता, कम्पनीले पैसा फिर्ता गर्ने क्रममा सेयरधनीको खाता रहेको बैंक तथा वित्तीय संस्थाले शुल्क लिएमा त्यस बापतको रकम आवेदक स्वयंले नै दिनुपर्ने बताएको छ । यस्तै, कुनै कारणबश खातामा रकम जम्मा हुन नसकी फिर्ता भएमा सम्बन्धित आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरीबाट चेक मार्फत पैसा फिर्ता लिन सक्ने जानकारी दिएको छ । हिमालयनले गत कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सर्वसाधारण समूहको ७१ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । यो लिलामी सेयर मंगलबार बाँडफाँट गरिएको हो ।

यसअघि हिमालयनले असार २८ देखि भदौ ९ गतेसम्म ६४ लाख २० हजार (१६६.६७%) कित्ता हकप्रद बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बाँकी रहेको सेयर लिलामीमा ल्याइएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार हिमालयनको चुक्ता पुँजी १ अर्ब २ करोड ४७ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ पुगेको छ । हिमालयन जनरल इन्सुरेन्सले १५% नगद लाभांश पनि दिने प्रस्ताव गरिसकेको छ । कम्पनीले १६६.६७% हकप्रद सेयर बिक्री गर्नुभन्दा अघि कायम ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजीको १५% नगद लाभांश दिन लागेको हो । बिमा समितिले तोके अनुसार चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याइसकेको यस कम्पनीले चालु आवको पहिलो त्रैमासमा त्रैमासमा २ करोड २३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३७ पैसा छ । 
 
 
 

Post Your Comment