Market Closed

हिमालयनको पुस ३० मा एजीएम, १५% लाभांश पाउन कहिलेसम्म किन्ने सेयर ?

15 Dec,2017
  • himalayan-general-insurance-comp_12_15_2017_6_17_36.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले १५% नगद लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । यो इन्सुरेन्सले सेयरधनीलाई १५% ले हुन आउने ५ करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । यसका लागि कम्पनीले पुस १४ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् । नयाँ लगानीकर्ताले पनि लाभांश पाउन पुस १३ गतेभित्र यो इन्सुरेन्सको सेयर किनिसक्नुपर्नेछ । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ । हिमालयनले बिमा समितिले तोके अनुसार चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याइसकेको छ । हिमायलनले असार २८ देखि भदौ ९ गतेसम्म १६६.६७% हकप्रद बिक्री गरी चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ बनाएको हो । तर कम्पनीले १६६.६७% हकप्रद सेयर बिक्री गर्नुभन्दा अघि कायम ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजीको मात्र १५% नगद लाभांश दिन लागेको हो । हिमालयनले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड २३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३७ पैसा छ । 
 
 
 
 

Post Your Comment