Market Closed

हिमालयन जनरलको १५% नगद लाभांश बैंक खातामा, तपाईले पाउनुभयो ?

14 Feb,2018
  • himalayan-general-insurance-com_2_14_2018_1_30_06.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले बुधबार (फागुन २ गते) देखि १५% नगद लाभांश बैंक खातामै जम्मा गर्न सुरु गरेको छ । यो इन्सुेन्सले पुस ३० गते बसेको २४औं वार्षिक साधारण सभाबाट पारित १५% नगद लाभांश खातामै वितरण गर्न थालेको हो । कम्पनीले बुक क्लोज भएको मिति (पुस १४ गते) सम्म कायम रहेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई बुधबारदेखि नै लभांश जम्मा गर्न सुरु भएको जनाएको छ । 
 
हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीले भने लाभांश पाउन सेयर डिम्याट गरी बैंक खाता पनि अद्यावधिक गराउनुपर्नेछ । यसैगरी, सेयर डिम्याट गराएका तर डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले पनि खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने हिमालयनले जानकारी दिएको छ ।

यता, सेयर धितोमा राखेर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र एनएमबि क्यापिटलमा पेश गरेपछि मात्र लाभांश पाउनेछन् । हिमालयनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १० लाख ११ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ८ पैसा छ ।
 
 
 

Post Your Comment