Market Closed

हिमालयन जनरलको खुद नाफामा ४०.१०% बढोत्तरी, बिमा कोषमा कति ?

13 Aug,2019
  • himalayan_8_13_2019_7_31_16.jpg
नेपाली पैसा 

काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७५÷७६को चौथो त्रैमाससम्ममा १९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । यो अघिल्लो वर्ष यसै अवधिको भन्दा ४०.१०% ले धेरै हो । अघिल्लो वर्ष हिमालयनले १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको बिमा कोषको आकार पनि २६.५५% ले बढेर ४७ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।  यस्तै, खुद बिमा शुल्क आर्जन भने १७.६०% ले घटेर २९ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ । हिमालयनले यो त्रैमाससम्म कूल १७ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम १ अर्ब ४९ करोड ५२ लाख  रुपैयाँ छ ।

हिमालयनको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ छ । रिजर्भ कोषमा २५ करोड ५२ लाख ५५ हजार रुपैयाँ छ । हिमालयनको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ १० पैसा छ ।


 

Post Your Comment