Market Closed

जलविद्युत लगानी तथा विकास कम्पनीले दिने भयो ५% नगद लाभांश

07 Nov,2017
  • HIDCL-image_1_1_20_11_7_2017_11_28_36.jpg
नेपाली पैसा
 
काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनीले ५% नगद लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले करसहित ५% (रु. ५० करोड) नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश नेपाल सरकारको स्वीकृति लिएपछि वितरण गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको सेयर पुँजी १० अर्ब रुपैयाँ छ । यसको रिजर्भ कोषमा ९८ करोड ९९ लाख ८८ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४९ करोड ९ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
 

Post Your Comment