जलविद्युत लगानी कम्पनीको ५% नगद सुरक्षित गर्ने पनि आजै हो अन्तिम दिन

26 Dec,2017
  • jalabidhyut_12_26_2017_11_32_35.jpg
नेपाली पैसा
 
काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनीको ५% नगद लाभांश सुरक्षित गर्ने मंगलबार (पुस ११ गते) अन्तिम दिन हो । साधारण सभाका लागि कम्पनीले बुधबार (पुस १२ गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा बुक क्लोज हुनु भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउने हुँदा मंगलबार (पुस ११ गते) नै सेयर किनिसक्नुपर्नेछ । केही दिन अघि बसेको कम्पनीको सञ्चालक समिति बैठकले करसहित ५% (रु.५० करोड) नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश नेपाल सरकारको स्वीकृति लिएपछि वितरण गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको सेयर पुँजी १० अर्ब रुपैयाँ छ । यसको रिजर्भ कोषमा ९८ करोड ९९ लाख ८८ हजार रुपैयाँ छ ।

Post Your Comment