Market Closed

बुधवार जलविद्युत लगानीको शेयर बाँडफाँट हुदै,

12 Jan,2016
 
ड्ड ५०० कित्ताभन्दा माथीलाई २ दशमलव ९ प्रतिशत
ड्ड ५०० कित्ताभन्दा कमलाई ११ दशमलव २ प्रतिशत 
पुस २८, काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले निष्काशन गरेको शेयर बुधवार बाँडफाँट हुने भएको छ । कात्तिक १२ गते २ करोड कित्ता प्राथमिक शेयर निष्काशन (आईपीओ) गरेको कम्पनीले लगभग अढाई महीनापछि बाँडफाँट गर्ने भएको हो । कम्पनीमा मागभन्दा करीब २१ गुणा (४३ अर्ब रुपैयाँ) बढि आवेदन परेकोले बाँडफाँटमा केही ढिलाई भएको हो । 
बुधवार जलविद्युत् लगानी तथा विकास कम्पनीको कार्यालयमा विहान ९ बजेर ३० मिनेट जाँदा शेयर बाँडफाँट गरिने भएको हो । ५० हजार रुपैयाँभन्दा माथीको लागि आवेदन दिनेलाई २ दशमलव ९ प्रतिशतको दरले र ५० हजारभन्दा कम रुपैयाँको आवेदन दिनेले ११ दशमलव २ प्रतिशतको दरमा वितरण गरिने भएको हो ।  
कम्पनीले २ करोड कित्तामध्ये १ करोड ८६ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो । बाँकीमा ४ लाख कित्ता शेयर कम्पनीका कामदारलाई र १० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ । 
 

Post Your Comment