Market Closed

जलविद्युत् विकासमा ८ हजारसम्म लगानी गर्नेलाई १० कित्ता ५० हजारसम्मलाई ११.९ प्रतिशत, त्यसमाथीकालाई २.९ प्रतिशत

13 Jan,2016
  • jalavidhut_1_13_2016_1_06_58.jpg
पुस २९, काठमाडौं । हालसम्मकै बढि रकमको शेयर निष्कासन गरेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको बुधवार शेयर बाँडफाँट भएको छ । बाँटफाँट अनुसार ५० देखि ८० कित्तासम्म आवेदन दिनेले प्रतिव्यक्ति १० कित्ताको दरले शेयर पाएका छन् भने ९० देखि ५ सय कित्ताको लागि आवेदन दिनेलाई ११ दशमलव २ प्रतिशतका दरले शेयर वितरण गरिएको छ । त्यस्तै, ५ सय कित्ताभन्दा माथीको आवेदन दिनेले २ दशमलव ९ प्रतिशतको दरले शेयर पाएका छन् । यो प्रणालीको अवलिम्बनपछि करीब १ लाख रुपैयाँको लागि आवेदन दिने र २५ हजार रुपैयाँबराबरको आवेदन दिनेले लगभग उत्ति नै शेयर पाउँने भएका छन् । 
संस्थामा अब ३ लाख ४२ हजार सर्वसाधारण शेयर धनीको प्रतिनिधित्व हुन पुगेको छ । कम्पनीले कात्तिक १२ गते २ करोड कित्ता प्राथमिक शेयर निष्काशन (आईपीओ) गरेकोमा लगभग अढाई महीनापछि बाँडफाँट गरेको हो । कम्पनीमा मागभन्दा करीब २१ गुणा (४३ अर्ब रुपैयाँ) बढि आवेदन परेको र सबैलाई शेयर वितरण गर्ने प्रणाली अवलम्बन गर्ने क्रममा बाँडफाँटमा केही ढिलाई भएको थियो । 
कम्पनीले २ करोड कित्तामध्ये १ करोड ८६ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो । बाँकीमा ४ लाख कित्ता शेयर कम्पनीका कामदारलाई र १० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको थियो । शेयर बजारको इतिहासमा यो नै हालसम्म सबैभन्दा धेरै कित्ता शेयर जारी गर्ने कम्पनीमा पर्छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।  
 

Post Your Comment