Market Closed

हिमालयन पावरको आइपीओ बुधबार बाँडफाँट, नयाँ नियम अनुसार सबैलाई न्यूनतम १० कित्ता

17 Jul,2017
  • IPO_7_17_2017_5_36_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन पावर पार्टनरको आइपीओ बुधबार (साउन ४ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका रिक्स एन्ड कम्प्लायन्स हेड सञ्जय पोखरेलले हिमालयनको आइपीओ साउन ४ गते बुधबार बाँडफाँट कार्यक्रम तय भएको जानकारी दिए । यस आधारमा नयाँ नियम अनुसार आइपीओ बाँडफाँट गर्ने हिमालयन पहिलो कम्पनी हुनेछ । अब हरेक आवेदकले कम्तीमा १० कित्ता सेयर पाउने छन् । धितोपत्र बोर्डले साउन १ गतेदेखि अनिवार्य रुपमा आस्वा प्रणाली लागू गर्दै सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर दिने प्रावधान लागू गरेको छ । कम्पनीले असार १ देखि ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने प्रावधन थियो । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको हो ।

यस आइपीओमा ८ अर्ब ३८ करोड ३१ लाख ४७ हजार ५०० रुपैयाँको आवेदन परेको थियो । जसमा १ लाख ६३ हजार ३४७ जनाले सेयर भरेका थिए । आस्वाबाट मात्रै १ लाख १२ हजार २४५ जनाले ६ अर्ब ४५ करोड ५२ लाख ३९ हजार ६०० रुपैयाँ बराबरको आवेदन भरेका थिए । यसैगरी परम्परागत संकलन केन्द्रबाट ५१ हजार १०२ जनाको १ अर्ब ९२ करोड ७९ लाख ७ हजार ९०० रुपैयाँ बराबरको आवेदन परेको थियो । हाल हिमालयनको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । जसमध्ये कम्पनीले जारी पुँजीको २०% सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि कम्पनीले कम्पनीले जारी पुँजीको १०% सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरेको थियो । हिमालयनमा संस्थापक सेयरधनीको स्वामित्व ७०% छ । 
 
 
 
 

Post Your Comment