Market Closed

हिमालयन पावरमा सबैले पाए सेयर, न्यूनतम १० कित्ता धेरै पाउनेको हातमा पर्यो २० कित्ता

19 Jul,2017
  • IPO_7_19_2017_1_04_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन पावर पार्टनरको आइपीओ बाँडफाँट भएको छ । नयाँ नियम अनुसार सबै आवेदकले सेयर पाएका छन् । न्यूनतम १० कित्ता सेयर सबैलाई परेको छ । १० कित्ता पाएर बाँकी भएको सेयरलाई गोलाप्रथाबाट बाँडिएको छ । गोलाप्रथा पार्नेले फेरि अर्को १० कित्ता पाएका छन् । यसरी एक पटक सेयर पाएर फेरि गोलाप्रथा पनि जित्नेको हातमा २० कित्ता सेयर परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार कुल आवेदक १ लाख ६३ हजार ७ सय ३७ जना सबैले १० कित्ताका दरले सेयर पाएका छन् । त्यसपछि बाँकी रहेको ३ लाख ४४ हजार ३०५ कित्ता सेयर गोलाप्रथाबाट बाँडिएको छ । गोलाप्रथाबाट ३४ हजार ४ सय ३० जनाले फेरि १० कित्ताका दरले सेयर पाउँदा उनीहरुको भागमा प्रत्येकलाई २० कित्ता सेयर परेको छ ।

यसैगरी बाँकी रहेको ५ कित्ता सेयर फेरि दोहोर्याएर १–१ कित्ताका दरले बाँडिएको छ । जस अनुसार थप ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् । पहिला पाएको १० कित्तामा अर्को १ कित्ता थपिंदा ५ जनालाई ११ कित्ताका दरले सेयर परेको छ । कुल आवेदकमध्ये १२ सय ६४ जनाको आवेदन रद्द भएको छ । नेपाल धितोपत्र बोर्डले साउन १ गतेदेखि नयाँ नियम लागू गर्दै सकेसम्म सबै आवेदकलाई सेयर दिनुपर्ने व्यवस्था गरेपछि सबैले सेयर पाएका हुन् । कम्पनीले असार १ देखि ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई दिइएको छ । यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने प्रावधन थियो । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको हो ।
 
 

Post Your Comment