Market Closed

हिमालयन पावरको आइपीओ बाँडफाँटमा नपरेको पैसा आजदेखि फिर्ता, यी हुन् खातामै पैसा आउने २९ बैंक

23 Jul,2017
  • Refund_7_23_2017_10_29_33.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन पावर पार्टनरले आइपीओ बाँडफाँटमा नपरेको पैसा आज (आइतबार) देखि फिर्ता दिन थालेको छ । हिमालयनले उपत्यका भित्रका संकलन केन्द्रमा आवेदन दिएका लगानीकर्तालाई २९ वटा बैंक मार्फत खातामै पैसा फिर्ता गर्ने भएको छ । यी २९ बैंकबाहेक अन्य वित्तीय संस्थामा खाता भएका लगानीकर्ताले भने आपूmले आवेदन बुझाएको संकलन केन्द्रबाट बाँडफाँट पत्र र रकम फिर्ता भुक्तानी पुर्जा (चेक) लिन सक्नेछन् । यसैगरी, उपत्यका बाहिरका आवेदकले पनि आवेदन बुझाएको संकलन केन्द्रबाट पैसा फिर्ता पाउनेछन् । सेयर नपरेको पैसा फिर्ता लिन जाँदा फारम बुझाउँदा लिएको अर्धकट्टी र नागरिकताको प्रतिलिपि लिएर जानुपर्नेछ । हिमालयनले गत बुधबार आइपीओ बाँडफाँट गरेको हो । यसमा पहिलो पटक आवेदन दिने सबैले न्यूनतम १० कित्ता सेयर पाए भने धेरै पाउनेको हातमा २० कित्तासम्म सेयर परेको थियो ।

 
 
 
 
 

Post Your Comment