हिमालयन पावर पार्टनरको आइपीओ नेप्सेमा सूचीकृत

10 Aug,2017
  • Listing_8_10_2017_3_20_18.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन पावर पार्टनरले हालै बाँडफाँट भएको आइपीओ सहित १ करोड ६ लाख ५४ हजार १७० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गराएको छ । हिमालयनको सेयर कारोबार भने १ हप्तापछि मात्र सुरु हुनेछ । कम्पनीले असार १ देखि ५ गतेसम्म २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसको बाँडफाँट साउन ४ गते भएको हो । हिमालयनको आइपीओमा नयाँ बाँडफाँट निर्देशिका अनुसार पहिलो पटक सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गरिएको थियो भने धेरै पाउनेले २० कित्तासम्म सेयर हात पारेका थिए । 

Post Your Comment