हिमालयन पावरको साधारण सभा पुस ६ मा, बुक क्लोज कहिले ?

28 Nov,2017
  • hppLogo_8_18_11_28_2017_10_30_57.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन पावर पार्टनरले पुस ६ गते वार्षिक साधारण सभा गर्ने जनाएको छ । सभामा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । सभा गर्न हिमालयनले मंसिर २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको यो ५औं वार्षिक साधारण सभा हो । यो कम्पनीले हाल चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । हिमालयन पावरले गत असार १ गतेदेखि २१ लाख ३० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । नेप्सेमा यसको सेयर कारोबार भदौ २ गतेदेखि सुरु भएको हो ।
 
 
 
 
 

Post Your Comment