Market Closed

हिमालय उर्जाको आइपीओ नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार खुल्दै

21 May,2019
  • ipos_4_16_2019_1_44_06.jpeg
नेपाली पैसा
 
काठमाडौं : हिमालय उर्जा विकास कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम हुने कुल ९९ लाख कित्ता सेयर सूचीकृत गराएको हो । यसमा हालै सर्वसधारणलाई बिक्री गरेको १४ लाख ८५ हजार कित्ता आइपीओ पनि समेटिएको छ ।
 
हिमालयको सेयर कारोबार बुधबारदेखि खुल्नेछ । कम्पनीले वैशाख ३ गते उक्त आइपीओ बाँडफाँट गरेको हो । यसले जारी पुँजीको १५% सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि हिमालयले ९ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री गरको थियो । स्थानीयको सेयर भने बिक्री भएको ३ वर्षसम्म किनबेच गर्न पाइनेछैन । 
 
आइपीओ बिक्रीपछि हिमालयको चुक्ता पुँजी ९९ करोड रुपैयाँ पुगेको छ । २०५६ सालमा स्थापना भएको यस कम्पनीले हाल रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा उपल्लो खिम्ती जलविद्युत आयोजना (१२ मेगावाट) र अपर खिम्ती जलविद्युत आयोजना (७ मेगावाट) विद्युत परियोजना निर्माण गरिरहेको छ ।
 

Post Your Comment