फाइनान्स कम्पनीहरुले कति कमाए, कुन सबैभन्दा अब्बल ? (तथ्यांक सहित)

28 Nov,2018
  • bank_new_prf_11_28_2018_8_24_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा सूचीकृत राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुले नाफा क्रमशः बढाउँदै लगेका छन् । चालु आर्थिक वर्षको प्रथम त्रैमासको रिपोर्टमा अधिकांश फाइनान्स कम्पनीले नाफा बढाएको रिपोर्ट सार्वजनिक गरेका हुन् । सबै भन्दा बढी नाफा कमाउने फाइनान्स कम्पनीमा आइसीएफसी रहेको छ । यसले ४ करोड १३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 
तर, यो त्रैमासमा सिटी एक्सप्रेस र ललितपुर फाइनान्स भने नोक्सानमा गएका छन् ।

पहिलो त्रैमासमा सिटी एक्सप्रेस १ करोड ९ लाख र ललितपुर १ करोड १५ लाख रुपैयाँ नोक्सानमा छन् । यता, १० वटा कम्पनीको मात्र चुक्ता पुँजी राष्ट्र बैंकले तोके अनुसार ८० करोड रुपैयाँ पुगेको छ । जेबिल्स फाइनान्स र रिलायन्स पनि तोकिएको पुँजी नजिकै पुगेको देखिन्छन् । तर अन्य कम्पनीहरुको भने तोकिएको चुक्ता पुँजी पुर्याउने अत्तोपत्तो देखिँदैन । आइसीएफसी फाइनान्सको चुक्ता पुँजी सबै भन्दा धेरै ८८ करोड २१ लख ७२ हजार रुपैयाँ छ । प्रोग्रेसिभको भने सबैभन्दा कम २१ करोड रुपैयाँ मात्र छ । 

 
तर, फाइनान्स कम्पनीहरुको प्रतिसेयर आम्दानीले लगानीकर्तालाई उत्साहित बनाउन सकेको छैन् । पुँजी वृद्धिपछि कतिपय कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । १० रुपैयाँ भन्दा माथि प्रतिसेयर आम्दानी हुनेमा आइसीएफसी, श्री इन्भेष्टमेन्ट र वल्ड मर्चेन्ट बैंकिङ मात्र परेका छन् । केहीको प्रतिसेयर आम्दानी समेत नोक्सानमा देखिएको छ ।

सबै भन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा पनि आइसीएफसी नै परेको छ । यो फाइनान्सको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७४ पैसा रहेको छ । यता, जगेडा कोषको हालत उस्तै देखिन्छ । सेन्ट्रलको मात्र जगेडा कोष बढेको छ । यसको जगेडा कोष बढे पनि १७ करोड ६९ लाख रुपैयाँ मात्र छ ।

पोखरा फाइनान्सको जगेडा कोष सबैभन्दा मजुबत देखिन्छ । यो फाइनान्सको जगेडा कोषमा सबैभन्दा धेरै ३७ करोड ९७ लाख रुपैयाँ रहेको छ । अन्य कम्पनीहरुलाई जगेडा कोष पनि मजबुत बनाउँदै जानुपर्ने चुनौती देखिन्छ । 
 

Post Your Comment