Market Closed

आईसीएफसी फाइनान्स : कम्पनी विश्लेषण (बुधवार, १९ असोज २०७३)

05 Oct,2016
  • icfc_finance_10_6_2016_11_25_10.jpg


२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा दुई गुणा बढेर रू. १५ करोड ३७ लाख पुगेको छ । राष्ट्र बैङ्कले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : ५ व्यापार दिनको कारोबार हेर्दा लगानीकर्ताहरू निश्चित मूल्य रेञ्जमा बसेर कारोबार गरिरहेका छन् । अन्तिम दिनमा पनि छोटो टुप्पी भएको कालो सानो मैनबत्ती बनेको छ ।

आरएसआई : ओभर शोल्ड जोन (९ दशमलव ४२ स्केल)मा छ । विक्री चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन : ३५ दशमलव ९६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्यरेखा, ७ दिने औसत मूल्यरेखा र ट्रेण्ड लाइनभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ सय ३ मा टेवा र मूल्य महँगिएमा रू. ३ सय ७५ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- कम्पनीको चौथो त्रैमासमा खुद ब्याज आम्दानी ३८ दशमलव ६० प्रतिशत र सञ्चालन नाफा दुई गुणा बढ्नाले खुद नाफा दुई गुणा बढ्न टेवा पुगेको हो । नाफा बढेर रू. १५ करोड ३७ लाख पुगेको छ ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा १३ दशमलव ८० प्रतिशतबाट बढेर २२ दशमलव ४४ प्रतिशत पुगेको छ ।

- जगेडा कोष ५१ प्रतिशत बढेर रू. २९ करोड पुगेको छ ।

- ब्याज आम्दानी १४ प्रतिशत बढेको छ भने ब्याज खर्च १ दशमलव ९१ प्रतिशत घटेको छ ।

- कर्मचारी खर्च ८ प्रतिशत बढेकोे छ । त्यस्तै अन्य सञ्चालन खर्च ३ प्रतिशत र कुल सञ्चालन आम्दानी ३८ दशमलव ३१ प्रतिशत बढेको छ ।

- पछिल्लो समयमा रू. १ करोड ५९ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- स्थिर सम्पत्ति ७ दशमलव ६३ प्रतिशत र अन्य सम्पत्ति ८ दशमलव ९५ प्रतिशत घटेको छ ।

- निष्क्रिय कर्जा १ दशमलव ४८ प्रतिशत, पूँजी कोष लागत ५ दशमलव १ प्रतिशत र पूँजी कोष पर्याप्तता १५ प्रतिशत रहेको छ ।

- चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात ३४ गुणा, प्रतिशेयर आम्दानी रू. २२ दशमलव ४४ र मूल्य आम्दानी अनुपात १६ गुणा छ । सो आम्दानी र शेयर मूल्यको पछिल्लो आधारमा निकालिएको पीई रेशियो साढे १३ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको दुई गुणा छ ।

Post Your Comment