आइएमई जनरल इन्सुरेन्सले महेन्द्रनगरमा पनि खोल्यो शाखा, अब कति पुग्यो संख्या ?

07 Feb,2019
  • IMG-20190206-WA0004_2_7_2019_12_37_57.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले कञ्जनपुरको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । बुधबार कम्पनीका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले नयाँ शाखाको संयुक्त उद्घाटन गरेका छन् । महेन्द्रनगरसँगै कम्पनीको शाखा संख्या ४४ वटा पुगेको छ । 
 
यस्तै, ११ वटा सेवा काउँटरहरुबाट सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले चालु आर्थिक वर्षको माघ २२ गतेसम्ममा करिब ७० करोड बिमा शुल्क आर्जन गरेको र कुल लगानी १ अर्ब ७ करोड रुपैयाँ रहेको जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

Post Your Comment