Market Closed

आइएमई जनरलको १ लाख २ हजार कित्ता सेयर लिलामीमा आउने

24 Feb,2019
  • igi_3_30_2018_11_08_25_5_9_2018_11_09_22_6_20_2018_10_42_11.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामीमा बिक्री गर्नुपर्ने भएको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद निष्कासन गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयर मात्र बिक्री भएको छ । यसमा बाँकी रहेको सेयर अब लिलामी प्रक्रियामा लैजानेछ । 
 
आइएमईको ८०% हकप्रद रितपूर्वक आवेदन दिने २ हजार ८४२ जना सयेरधनीलाई फागुन ११ गते बाँडफाँट भएको छ । हक भन्दा बढी सयेर माग गर्ने सेयरधनीको रकम फागुन १२ गतेबाट बैंक खातामा फिर्ता गरिने जाने कम्पनीले जनाएको छ । हकप्रदपछि यसको पुँजी ९७ करोड २० लाख हुनेछ ।

Post Your Comment