आइएमई जनरलको १ लाख कित्ता सेयर फागुन २२ देखि लिलामीमा

25 Feb,2019
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले १ लाख २ हजार ३६४ कित्ता सेयर फागुन २२ गतेदेखि लिलामी गर्ने भएको छ । यसअघि पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गर्दा बिक्री नभएको संस्थापक समूहको १ हजार ५९८ कित्ता  र सर्वसाधारण समूहको १ लाख ७६६ कित्ता सेयर अहिले लिलामी गर्न लागेको हो । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो ।
 
लिलामीमा फागुन ३० गते अपराह्न ३ बजेभित्र बोलपत्र पेश गनुपर्नेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् । ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।
 
हाल आइएमई जनरलको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रदपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्सुरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ ।

Post Your Comment