Market Closed

आइएमई जनरलको १ लाख २ हजार कित्ता सेयर लिलामी खुल्यो, कतिसम्म तिर्ने ?

06 Mar,2019
  • igi_3_30_2018_11_08_25_5_9_2018_11_09_22_6_20_2018_10_42_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सको बुधबार (फागुन २२ गते) देखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला भएको छ । यसअघि पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गर्दा बिक्री नभएको संस्थापक समूहको १ हजार ५९८ कित्ता  र सर्वसाधारण समूहको १ लाख ७६६ कित्ता सेयर अहिले लिलामीमा ल्याइएको हो । 
 
कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । यस लिलामीमा आवेदन दिने अन्तिम म्याद फागुन ३० गते अपराह्न ३ बजेसम्म हुनेछ। न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आइएमई जनरलको मंगलबार प्रतिकित्ता ३९६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लगानीकर्ताले दोस्रो बजारको भाउलाई याद गरेर लिलामीमा मूल्य तोक्नुपर्ने हुन्छ । बजार भाउ भन्दा केही कममा लिलामी भर्ने सामान्य चलन हुन्छ । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् । ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।
 
हाल आइएमई जनरलको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रदपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्सुरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा छ ।

आइएमई जनरलको लिलामी सम्बन्धी सूचना यो लिंकबाट हेर्नुहोस् । 

Post Your Comment