नेपाली पैसा
काठमाडौं :
आइएमई जनरल इन्सुरेन्सले ५% बोनस सेयर प्रस्ताव पारित गर्न आइतबार (असार २९ गते) वार्षिक साधारण सभा गर्दैछ । इन्सुरेन्सले हाल कायम ९७ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीको ५% बोनस सेयर दिन लागेको हो । अब सभाले अनुमोदन गरेपश्चात बोनस सेयर वितरण हुनेछ । बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैंले व्यहोर्नुपर्नेछ । यसबाट आम लगानीकर्ताका लागि भने निकै झन्झटिलो हुनेछ । सभा लैनचौर ब्यांकेट्स, काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ ।
प्रस्तावित बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्व २ करोड ६ लाख रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, लेखापरीक्षकको नियुत्ती तथा पारिश्रमिक तोक्ने अर्को एजेन्डा छ ।