Market Closed

जनसेवीको आइपीओमा माग भन्दा १३.८४ गुणा बढी पर्यो आवेदन, लगानीकर्ता कति ?

14 May,2019
  • ipo_5_14_2019_9_54_59.jpg
नेपाली पैसा
 
काठमाडौं : जनसेवी लघुवित्त वित्तीय संस्थाको आइपीओमा ५९ करोड ९६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार अन्तिम दिन (मंगलबार) सम्म ३ लाख २८ हजार १९८ जनाले ५९ लाख ९६ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यसआधारमा मंगलबार (अन्तिम दिन) सम्म माग भन्दा १३.८४ गुणा बढी आवेदन परेको देखिन्छ ।
 
जनसेवीले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । 

Post Your Comment