Market Closed

ज्योति र हाम्रो विकास बैंकको एकीकृत कारोबार चैत १५ देखि सुरु हुँदै

14 Mar,2019
  • Jyoti-bikas-bank-L_1__3_12_2018_1_03_17.jpg
नेपाली पैसा
 
काठमाडौं : ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई एक्वायर गरी चैत्र १५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । ज्योति विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुने भएको हो । गत असार ३१ गते दुवै बैंकबीच एक्विजिसनमा जाने सम्झौता भएको थियो । ज्योतिले १ः१ सेयर स्वाप रेसियोमा हाम्रोलाई एक्वायर गरेको हो ।
 
नेपाल राष्ट्र बैंकले पुस १२ गते एक्विजिसनका लागि अन्तिम स्वीकृति दिएको थियो । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २७ गते एकीकृत कारोबार गर्न अनुमति दिएको बैंकले जनाएको छ ।
 
दोस्रो त्रैमासको रिपोर्ट अनुसार ज्योतिको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको छ । हाम्रो विकास बैंकको भने चुक्ता पुँजी ५० करोड ४० लाख ५३ हजार रुपैयाँ छ । एक्विजिसनपछि ज्योतिको चुक्ता पुँजी ३ अर्ब ९ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

Post Your Comment