Market Closed

ज्योतिको विशेष साधारणसभा

15 May,2016
  • eejyoti_(1)_5_15_2016_1_02_39.jpg

जेठ १, काठमाडौं (अस) । ज्योति विकास बैङ्कले शुक्रवार राजधानीमा मर्जरका लागि विषेश साधारणसभा सम्पन्न गरेको छ । सभामा बैङ्क सञ्चालक समितिका अध्यक्ष धु्रव कोइरालाले नुवाकोटको हाम्रो विकास बैङ्क र प्यूठानको झिमरुक विकास बैङ्क एकआपस गाभ्ने/गाभिने सम्बन्धमा विशेष प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ज्योति विकास बैङ्क र हाम्रो विकास बैङ्कबीच मिति गत मङ्सिरमा मर्जर सम्झौता भएको थियो भने तत्पश्चात् झिमरुक विकास बैङ्कसँग गत माघमा सम्झौता गरिएको थियो । ज्योति विकास बैङ्क लिमिटेड, हाम्रो विकास बैङ्क लिमिटेड र झिमरुक विकास बैङ्क लिमिटेड एकआपसमा गाभ्न÷गाभिन सम्बन्धमा सैद्धान्तिक सहमति प्राप्त भएबमोजिम ज्योति विकास बैङ्क लिमिटेडले मर्जरलाई अन्तिम स्वीकृति लिन विशेष साधारणसभा सम्पन्न गरेको हो ।

तीनओटै विकास बैङ्कहरूको मर्जरपश्चात् ज्योति विकास बैङ्क नै नाम कायम रही काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय राख्ने र तीनओटै विकास बैङ्कहरूको शेयर अनुपात एक बराबर एक नै कायम गरिएको छ ।

Post Your Comment