Market Closed

ज्योतिले नाफामा गर्यो चमत्कार, ब्याज आम्दानी मुख्य आधार

10 Nov,2016
  • jyoti_11_10_2016_11_20_04.png
नेपाली पैसा 
 
काठमाडौं : ज्योति विकास बैंकले खुद नाफामा तरक्की गरेको छ । 
 
बैंकले अघिल्लो वर्षको तुलनामा नाफा डेढ सय प्रतिशतभन्दा बढीले वृद्धि गर्न सफल भएको हो । बैंकले गत वर्ष जम्मा एक करोड ६९ लाख ५४ हजार रूपैयाँ खुद नाफा गरेकोमा यसपटक ह्वात्तै बढाएर चार करोड ३५ लाख ७६ हजार रूपैयाँ पुर्याएको छ ।

यो नाफा गत वर्षको भन्दा दुई करोड ६६ लाख २२ हजार रूपैयाँले बढी हो । बैंकको नाफा चुलिनुमा खुद ब्याज आम्दानीको महत्वपूर्ण योगदान देखिन्छ । ज्योतिले खुद ब्याज आम्दानी गत वर्षभन्दा दोब्बरले बढाएको छ ।

गत वर्ष पहिलो त्रैमासमा चार करोड ४६ लाख ७८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेकामा यसपटक नौ करोड ९४ लाख पाँच हजार रूपैयाँ पुगेको छ । ९८ करोड ७० लाख २६ हजार रूपैयाँ चुक्ता पुँजी भएको यो बैंकको रिजर्भ कोषमा ३० करोड ७२ लाख आठ हजार रूपैयाँ जम्मा भएको छ ।

बैंकले गत वर्षको तुलनामा रिजर्भ निकै बढाएको छ । यद्दपि, रिजर्भ अझै बढाउन पहल गर्नुपर्ने देखिन्छ ।  गत वर्ष रिजर्भमा नौ करोड ८९ लाख रहेकामा यसपटक रिजर्भको आकार ३० करोडभन्दा ठूलो भएको हो ।

बैंकले व्यापार बढाउन निक्षेप संकलन र कर्जा प्रवाहलाई पनि विस्तार गरेको छ । निक्षेप सात अर्ब ९४ करोडभन्दा बढी हुँदा ६ अर्ब ७६ करोडभन्दा बढी कर्जा प्रवाह गर्न बैंक सफल भएको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रूपैयाँ ६६ पैसा अनि प्रतिसेयर नेटवर्थ १३१ रूपैयाँ १२ पैसा छ । प्रोभिजनमा तीन करोड हाहारीमा छुट्याउँदा २७ लाख २८ हजार रूपैयाँ राइट ब्याक पनि गर्न सफल भएको छ । 
 

Post Your Comment