Market Closed

ज्योतिको १०% बोनस सेयरमा बल्ल यसरी भयो भाउ समायोजन

01 Jan,2018
  • Jyoti-bikas-bank-L_12_1_1_2018_11_22_45.jpg
नेपाली पैसा
 
काठमाडौं : ज्योति विकास बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसपछि बैंकको सेयर भाउ १६२ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर कारोबार पनि यही मूल्यलाई आधार मानेर खुलेको हो । ज्योतिको औसत आधार मूल्य भने १९७ रुपैयाँ छ । ज्योतिको आइतबार नै बुक क्लोज हुनुपर्ने भए पनि राप्तीभेरीका लगानीकर्तालाई ६% मात्र बोनस दिइएकाले कसरी मूल्य समायोजन गर्ने भन्नेमा नेप्से अप्ठेरोमा परेको थियो । सोही कारण तोकिएको मितिमा भाउ समायोजन हुन नसकेको हो । स्रोतका अनुसार नेप्सेले राप्तीभेरीका लगानीकर्ताले बखेडा झिकेमा त्यसको जिम्मेवारी ज्योतिले नै व्यहोर्ने सर्तमा मात्र नेप्सेले १०% बोनसलाई नै आधार मानेर मूल्य समायोजन गरेको हो । यसका लागि नेप्सेले ज्योति व्यवस्थापनबाट लिखित प्रतिबद्धतासमेत लिएको छ । ज्योतिले राप्तीभेरीलाई गाभिसकेको भए पनि गाभिएको कम्पनीको लगानीकर्तालाई भने ६% मात्र बोनस दिएको छ । तर अहिले मूल्य समायोजन भने १०% लाई नै आधार मानेर गरिएको हो । यसबाट राप्तीभेरीका लगानीकर्ता भने केही मारमा परेका छन् । बैंकले पुस ३० मा साधारण सभा गर्दैछ । सभामा बोनस प्रस्तावका साथै प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि लगिंदैछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकले ४ करोड ५२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १८ पैसा छ । 
 
 

Post Your Comment