ज्योति विकास बैंकमा मनोज ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी

15 Jan,2018
  • manoj_1_15_2018_11_52_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : ज्योति विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले ज्ञवालीलाई आइतबार कामु सीइओको जिम्मेवारी दिएको हो । उनले सोमबारदेखि लागू हुने गरी कामु सीइओको जिम्मेवारी पाएका हुन् । ज्ञवाली ज्योति विकास बैंकमै डेपुटी सीइओमा कार्यरत थिए । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल आइएमइ बैंक, ग्लोबल आइएमई क्यापिटल हुदै ज्ञवाली ज्योतिमा आएका हुन् । बैंकका सीइओ कृष्णबहादुर कुँवरको ४ वर्षे कार्यकाल सकिएपछि अर्को व्यवस्था नहुँदासम्म ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिइएको बैंकले स्रोतले नेपाली पैसालाई जानकारी दिएको छ । 
 
 
 
 
 

Post Your Comment