Market Closed

ज्योति विकास बैंकको पनि भयो सामान्य प्रगति, खुद नाफा ५.२२% वृद्धि

31 Jan,2018
  • Jyoti-bikas-bank-L_1__1_31_2018_10_46_09.jpg
नेपाली पैसा
 
काठमाडौं : ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा वृद्धि गरी १४ करोड २५ लाख ८ हजार रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ५४ लाख ३२ हजार रुपैयाँमात्र खुद नाफा गरेको थियो । बैंकले यो अवधिमा खुद नाफामा ५.२२% ले वृद्वि गरेको हो । ज्योतिले ३४ करोड १५ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा ५१.१९% बढी हो । गत वर्ष बैंकले २२ करोड ५९ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले सञ्चालन मुनाफामा पनि सुधार गरेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा २१ करोड ९४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत वर्ष यो १४ करोड ८२ लाख १६ हजार रुपैयाँ थियो । बैंकले १३ अर्ब ४५ करोड ८२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यता, गत वर्ष १.१९% रहेको खराब कर्जा बढेर १.४२% पुगेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब १० करोड १९ लाख ४१ हजार रुपैयाँ मात्र थियो । बैंकले जगेडा कोषको आकार पनि बढाएको छ । गत वर्ष जगेडा कोष २८ करोड २८ लाख ६८ हजार रुपैयाँ रहेकामा अहिले ३४ करोड ४० लाख ३७ हजार रुपैयाँ पुगेको छ । ज्योतिको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ १७ पैसा छ । 
 
 
 
 

Post Your Comment