Market Closed

ज्योति विकास बैंकका संस्थापकले सेयर बिक्री गर्दै, भाउ कति होला ?

12 Mar,2018
  • Jyoti-bikas-bank-L_1__3_12_2018_1_03_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : ज्योति विकास बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । तर बैंकले सेयर बिक्री गर्न चाहने संस्थापक सेयरधनी र सेयर संख्या भने खुलाएको छैन । यसमा ज्योतिका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापकले सूचना सार्वजनिक भएको मिति (फागुन २८ गते) देखि ३५ दिनभित्र ज्योतिको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा संस्थापकले नकिनेमा भने सर्वसाधारणले पनि किन्न पाउनेछन् ।

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ज्योतिको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको छ । यस त्रैमासमा बैंकले १४ करोड २५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ज्योतिको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ १७ पैसा छ । 
 
 
 
 
v

Post Your Comment