Market Closed

जनता बैंकको चमक : खुद नाफा ६८.४२% ले बढ्यो, प्रगतिका यस्ता छन् सूचक

28 Jan,2018
  • Janata-bank-nepal-Lt__1_28_2018_12_35_10.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६८.४२% ले खुद नाफा वृद्धि गर्दै २७ करोड १७ लाख ३९ हजार रुपैयाँ पुर्याको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड १३ लाख ४८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । जनताले यो अवधिमा ९७ करोड २८ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी ४० करोड ७७ लाख ९२ हजार रुपैयाँ मात्र थियो । यस्तै, बैंकले सञ्चालन नाफा पनि बढाएको छ । गत वर्ष १५ करोड ९३ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यो वर्ष २२ करोड ६२ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले १९ करोड २ लाख २७ हजार रुपैयाँ राइट ब्याक गरेको छ । खुद नाफा ह्वात्तै माथि जान सक्नुमा राइट ब्याक र खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा भएको प्रगतिलाई कारक मान्न सकिन्छ । जनताले ५२ अर्ब ८० करोड १३ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी ४८ अर्ब ६९ करोड १७ लाख ८३ हजार रुपैयाँ छ । यसको खराब कर्जा २.६५% छ भने कस्ट अफ फन्ड ४.५७% बाट बढेर ७.८३% पुगेको छ । बैंकले चुक्ता पुँजी ८ खर्ब ७ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैैंकको चुत्ता पुँजी २ अर्ब ३० करोड ७२ लाख रुपैयाँ मात्र रहेको थियो । यो अवधिमा बैंकले आफ्नो जगेडा कोषमा १ अर्ब ६ करोड ६८ लाख ७८ हजार रुपैयाँ जम्मा गरेको छ । बैैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा (वार्षिकीकरण) रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४४ पैसा छ ।  
 
जनता बैंकको दोस्रो त्रैमासको प्रगति विवरण यसरी हेरौं 
http://www.nepalipaisa.com/documentviewer.aspx/JBNL/Janata%20Bank%20Nepal%20Ltd./file/janata_bank_nepal_ltd,_2nd_qtr_watermark_1_28_2018_10_44_57_AM.pdf
 

Post Your Comment