Market Closed

जनता बैंकले निकाल्यो धनगढी शाखाका ग्राहकलाई यस्तो सूचना

21 Feb,2018
  • Janata-bank-nepal-Ltd_2_21_2018_1_09_39.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंकको धनगढी उपमहानगरपालीका वडा नं ४ गोदावरी रोड, ट्राफीक चौराहमा रहेको शाखा कार्यालय मंगलबार (फागुन ८ गते) देखि नयाँ ठाँउमा स्थान्तरण भएको छ । जनताको नयाँ शाखा अब धनगढी उपमहानगरपालीका वडा नं ४ गोदावरी रोड, चटकपुरमा रहनेछ । बैंकले पुरानो ठाँउबाट नयाँ ठाँउमा शाखा स्थान्तरण भएकाले मंगलबार (फागुन ८ गते) देखि नयाँ ठाँउबाट कारोबार गर्नसमेत सूचना मार्फत आग्रह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २७ करोड १७ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४४ पैसा छ ।   

Post Your Comment