जनता बैंकले सेयरधनीलाई भन्यो–पहिला कर तिर्नुहोस् अनि मात्र बोनस खातामा

01 Apr,2018
  • Janata-bank-nepal-Ltd_2_4_1_2018_1_02_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनता बैंकको १४.४०% बोनस सेयर पाउन पहिला कर तिर्नुभर्ने भएको छ । बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको खातामा सेयर पठाइने बैंकले जानकारी गराएको छ । गत असार ३० गतेपछि सेयरधनी बनेकाहरुले बोनस पाउन कर तिर्नुपर्ने भएको हो । सेयरधनीले जनता बैंकको खाता नम्बर २३६००००१९ वा ज्योति विकास बैंकमा रहेको काठमाडौं क्यापिटल मार्केटको खाता नम्बर ००१००१०००९०४५८०००००१ मा जम्मा गर्नुपर्नेछ ।

कर बापत लाग्ने रकम बुझाएपछि भौचर काठमाडौं क्यापिटल कमलादीमा बुझाउनुपर्नेछ । अनि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । यता, बोनस सेयरमा कर तिर्नु नपर्ने सेयरधनीलाई भने सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा बोनस सेयर सचीकृत गराएपछि डिम्याट खातामा जम्मा गरिने बैंकले जानकारी गराएको छ । जनताको पुस २८ मा सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १४.४०% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

बैंकले बोनस सेयरमा १ अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँ खर्च गरेको हो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जनताले २७ करोड १७ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ भने ११३ रुपैयाँ ४४ पैसा छ ।    
 
 
 

Post Your Comment