Market Closed

जनता बैंक पनि अघि बढ्दै, ९ महिनाको कमाई ५७ करोड ५७ लाख

26 Apr,2018
  • Janata-bank-nepal-Ltd_4_26_2018_11_52_02.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ५७ करोड ५७ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५०.७६% ले वद्धि गर्न जनता सफल भएको हो । खुद ब्याज आम्दानीमा १११.२७% र सञ्चालन नाफामा ४८.२५% बढोत्तरी भएपछि खुद नाफा पनि बढेको हो ।
 
तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड ४४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यो बैंकले ६७ करोड ९७ लाख ६३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । २५ करोड ११ लाख ८२ हजार रुपैयाँ राइट ब्याकले पनि समग्र नाफा वृद्धि गर्न साथ दिएको छ ।
 
यता, निक्षेप संकलनमा ५३.८९% सुधार गरी ५४ अर्ब ५७ करोड ९५ लाख १८ हजार रुपैयाँ पुर्याएको छ । जनताले निक्षेपसँगै कर्जा लगानी पनि ५३.९४% ले वृद्धि गरेको छ । तेस्रो त्रैमाससम्म यो बैंकले ५१ अर्ब १६ करोड ९० लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा १.९५% र कस्ट अफ फन्ड ७.८७ रहेको छ ।
 
जनताले चुक्ता ७२.१९% ले वृद्धि गरी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा १ अर्ब ३७ करोड ७ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नृटवर्थ ११७ रुपैयाँ १३ पैसा छ ।

जनता बैंकको विस्तृत वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment