Market Closed

जनता बैंकको एकैपटक ६ ठाउँमा शाखा विस्तार, तनहुँमा निःशुल्क स्वास्थ्य शिविर

02 Jul,2019
  • setopool_7_2_2019_5_29_46.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंक नेपालले एकैपटक ६ ठाउँमा शाखा विस्तार गरेको छ । बैंकले उपत्यका भित्र भक्तपुरको नयाँ ठिमी, पाटनको सुन्धारा र काठमाडौंको किर्तिपुरमा शाखा खोलेको छ । यस्तै, उपत्यका बाहिर पाँचथरको फिदिम, रामेछापको मन्थली र तनहुँको डुम्रेमा शाखा विस्तार गरेको छ ।
 
तनहुँको डुम्रेमा भने शाखा उद्घाटनसँगै निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ । स्वास्थ्य शिविरमा करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । स्वास्थ्य शिविरमा बैंकले औषधि निःशुल्क उपलब्ध गराएको छ ।
 
नयाँ शाखासँगै जनताको कुल शाखा संख्या १३५ पुगेको छ । यस्तै, बैंकले ५० शाखा रहित बैंकिङ, १ सीमित बैंकिंङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटीएमहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Post Your Comment