पुरानै विधिबाट लाभकर गणना गर्न थालेपछि नेप्सेले यसरी निकाल्यो ३ कम्पनीको बेस प्राइस

07 Jun,2018
  • PriceCheck-Logo_6_7_2018_1_27_51.jpg
नेपाली पैसा
 
काठमाडौं : पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएपछि नेप्सेले फेरि सूचीकृत कम्पनीहरुको बेस प्राइस सार्वजनिक गर्न थालेको छ । हकप्रद वा बोनस प्रयोजनका लागि बुक क्लोजपछि नेप्सेले सम्बद्ध कम्पनीहरुको मूल्य समायोजन र औसत आधार मूल्य (बेस प्राइस) निर्धारण गर्छ । 
 
यसैक्रममा नेप्सेले यसअघि मूल्य समायोजन गरिएका ३ वटा कम्पनीको बिहीबार बेस प्राइस निर्धारण गरेको छ । यसअघि मूल्य समायोजन भएका मिर्मिरे माइक्रोफाइनान्स, जेबिल्स फाइनान्स र आरएसडीसी लघुवित्तको बेस प्राइस सार्वजनिक गरिएको हो ।

जस अनुसार मिर्मिरेको बेस प्राइस १ हजार ९१९.३५ रुपैयाँ, जेबिल्स फाइनान्सको १३८.५७ रुपैयाँ र आरएसडीसीको ७८१.३८ रुपैयाँ कायम भएको छ । लगानीकर्ताले अब यही बेस प्राइसभन्दा माथि नाफामा सेयर बिक्री गर्दा मात्र ७.५% पुँजीगत लाभकर तिुर्नपर्ने हुन्छ । 
 
गत आइतबार आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरमा १०० रुपैयाँलाई नै आधार मूल्य मानेर लाभकर तिर्नुपर्ने व्यावस्था गरेपछि नेप्सेले मूल्य समायोजन भए पनि औसत आधार मूल्य निकाल्न बन्द गरेको थियो । 

तर बुधबार राजस्व विभागको उक्त निर्णय स्थगन भएपछि नेप्सेले फेरि हकप्रद र बोनस समायोजन पछिको औसत आधार मूल्य सार्वजनिक गर्न थालेको हो । 
 
 
 

Post Your Comment