Market Closed

जेबिल्स फाइनान्स : कम्पनी विश्लेषण (सोमवार, १७ जेठ २०७३)

30 May,2016
  • jebils_logo_5_30_2016_12_26_13.png

२०७२/७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. २९ लाख ७६ हजार रहेको छ । गत पुसमा भएको साधारणसभाले १६ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभरबट जोन (७५ दशमलव ४७ स्केल)मा छ । खरीद चाप उच्च रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : ९ दशमलव २८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा टाँढिदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा, सातदिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. २ सय  १६ मा टेवा पाउने देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- कम्पनीकोे तेस्रो त्रैमासमा नाफा ४० प्रतिशत घटेर रू. २९ लाख ७६ हजारमा सीमित भएको छ । खुद ब्याज आम्दानी २२ दशमलव ४० प्रतिशत घट्नाले खुद नाफा घटेको हो ।
- ब्याज आम्दानी १२ दशमलव ८७ प्रतिशत र ब्याज खर्च ७ दशमलव ६२ प्रतिशत घटेको छ ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा २ दशमलव २६ प्रतिशतबाट बढेर १ दशमलव १६ प्रतिशतमा सीमित भएको छ ।

- रू. ८७ करोड ८ लाख कुल निक्षेप सङ्कलन गरी रू. ८२ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ ।

- कर्मचारी खर्च २ दशमलव १६ प्रतिशत, अन्य सम्पत्ति २ दशमलव २५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६ दशमलव १४ प्रतिशत घटेको छ ।

- सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ६७ दशमलव ३७ प्रतिशत घटेर रू. ६० लाख ९१ हजारमा सीमित भएको छ ।

- कम्पनीकोे स्थिर सम्पत्ति २३ दशमलव ४५ प्रतिशत घटेर रू. ४५ लाख ८ हजार पुगेको छ भने अन्य सम्पत्ति ६ दशमलव १४ प्रतिशत घटेर रू. ४ करोड १० लाखमा सीमित भएको छ ।

- कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो १ सय २० गुणा र प्रतिशेयर आम्दानी रू. १ दशमलव ५७  छ । हालको शेयरमूल्य नेटवर्थको करीब २ गुणा रहेको छ ।

Post Your Comment