Market Closed

जेबिल्स फाइनान्सको बोनस सेयर १२.५ प्रतिशत, बोनस दिएपछि फेरि एक सय प्रतिशत हकप्रद

04 Dec,2016
  • bonus_12_4_2016_11_47_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : जेबिल्स फाइनान्सले लगानीकर्तालाई गत वर्षको नाफाबाट १२.५ प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १२.५ प्रतिशत बोनसका साथामा कर तिर्न ०.६५७९ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो । जेबिल्सले बोनस सेयरपछि एक सय प्रतिशत हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ । 
 
राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार चुक्ता पुँजी पुर्याउन जेबिल्सले १२.५ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीमा फेरि एक बराबर एक कित्ता हकप्रद सेयर दिने निर्णय गरेको हो ।

Post Your Comment