Market Closed

जेबिल्स फाइनान्सले १२.५ प्रतिशत बोनस सेयर दिने, कर तिर्न नगद पनि

17 Dec,2016
  • bonus-3-2_12_17_2016_9_36_51.jpg
नेपाली पैसा 
 
काठमाडौं : जेबिल्स फाइनान्सले लगानीकर्तालाई १२.५ प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
कम्पनीले बोनसमा लाग्ने कर तिर्न ०.६५ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । लाभांश प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउन सक्नेछ । 
 
जेबिल्स फाइनान्सको चुक्ता पुँजी २५ करोड ६८ लाख ५० हजार रूपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा पनि ६ करोड ८७ लाख ७३ हजार रूपैयाँ जम्मा भइसकेको छ । 
 
जेबिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ लाख ७८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी १ रूपैयाँ ५५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२६ रूपैयाँ ७८ पैसा छ ।

Post Your Comment