Market Closed

जेबिल्स फाइनान्सको ४०% हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

05 Jun,2018
  • Jebils-finance-Ltd_6_5_2018_11_40_03.jpg
नेपाली पैसा
 
काठमाडौं : जेबिल्स फाइनान्सको ४०% हकप्रद सुरक्षित गर्ने मंगलबार (जेठ २२ गते) अन्तिम दिन हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले बुधबार (जेठ २३ गते) बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा मंगलबारनै सेयर किनिसक्नुपर्नेछ ।
 
जेबिल्सले ४०% हकप्रद निष्कासनको लागि धितोपत्रबोर्डबाट अनुमति पनि पाइसकेको छ । नेपाल धितोपत्र बोर्डले जेबिल्सलाई १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । गत वर्ष पनि यो फाइनान्सले १००% हकप्रद बिक्री खुला गरेको थियो । सनराइज क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गर्नेछ ।
 
हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६८ लाख ८ हजार रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment