Market Closed

जेबिल्स फाइनान्सको असार १० देखि ४०% हकप्रद खुल्दै, यसरी सकिन्छ भर्न

06 Jun,2018
  • Jebils-finance-Ltd_6_6_2018_10_20_34.jpg
नेपाली पैसा
 
काठमाडौं : जेबिल्स फाइनान्सको असार १० गतेदेखि ४०% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले १०ः४ को अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ । जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।
 
यसमा बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा जेबिल्स फाइनान्स न्यूरोड, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
 
हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment